बिहिबार, बैशाख ९ २०७८

एमाले विघटनको शोक ध्वनि गुञ्जीरहेको भुसालको भनाइ


  • नेपालदीप
  • बुधबार, चैत्र २५ २०७७
1K
SHARES

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमाले पार्टी विसर्जन भइसकेको बताएका छन्। भुसालले मृत्यु पश्चात शोकको विम्ब दिँदै एमाले पनि त्यस्तै स्थितिमा रहेकोले त्यसबारे बोल्ने शब्द आँफूसँग नरहेको बताएका हुन्।

भुसालले भने, ‘शोकमा भन्नलाई हामीसँग धेरै कुरा हुँदोरहेनछ, शोकसभामा जाँदा म बोल्न सक्दिनँ। किनभने, शोक, वित्यास, दुर्घटना हामीले अपेक्षा गरेकै होइन नि। हामीले नचाहेका कुरा हुन्। सोचेका हुँदैनौं। अपेक्षा नै नगरेपछि त्यसका बारेमा सोचिँदोरहेनछ। अनि भाषा बन्दो रहेनछ। त्यसैले मसँग अहिले नेकपा एमाले विभाजित भएरै छाड्छ, त्यसपछि के हुन्छ भन्ने भाषा, शब्द, बिम्बहरु छैनन्। किनभने मैले त्यस्तो अभ्यास गर्दिनँ। गर्न चाहन्नँ। कुनै एमालेले गर्न चाहँदैन। त्यसले गर्दा मैले त्यतातिर सोचेकै छैन।’

भुसालले एमाले भित्रको विवाद मिलाएर अघि बढ्न नेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने कुरामा पहिले छलफल भएको बताए। उनले भने, ‘पछिल्लो समय फागुन २३ गतेको अदालतको फैसलापछि पनि ओलीजी बाहेक अर्को मान्छे, अझ नामै तोकेर भन्दिने हो भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं। माओवादीसँग कुराकानी गरौं र गठबन्धन पनि राखौं। पार्टी एकीकृत पनि यसै रहने भयो, नेकपा एमाले रहन्छ, नेकपा माओवादी रहन्छ। अरु कुरा छलफल गरेर जाउँला भनेका थियौं।’

भुसालले उक्त प्रस्तावमा सबै नेताहरु सहमत भएपनि स्वयम् ओली नै सहमत नभएको बताए।

भुसालले भने, ‘सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाऔं भन्दाखेर ओली समूहकै दोस्रो तहका साथीहरु तयार थिए। तर, ओली चाहिँ तयार हुनुभएन। ओलीजीको रोग के छ भन्दाखेरी आफू भएन भने, आफ्नै गुटको पनि हुँदैन। त्यतिमात्रै गरेको भए वाम सरकार निरन्तर रहन्थ्यो। हाम्रो पार्टीमा त विवाद नै रहँदैनथ्यो। एकीकृत पार्टी विभाजित भएर पनि वाम सरकार रहन्थ्यो। वाम गठबन्धन रहन्थ्यो। भोलिका लागि एकताको उत्तिकै सम्भावना २३ गतेको फैसलापछि पनि बाँकी थियो। ओलीले त्यो पनि हुन दिनुभएन।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट