बिहिबार, बैशाख ९ २०७८

दोस्रो चरणको खोप अभियान आजबाट, फलफूल तथा तरकारी व्यापारी पनि प्राथमिकतामा


  • नेपालदीप
  • बुधबार, चैत्र २५ २०७७
874
SHARES

काठमाडौं। चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज (बुधबार)बाट लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार मुलुकका विभिन्न अस्पतालमा रहेका खोप केन्द्रबाट सो खोप लगाउन लागिएको हो ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत चीनले दिएको ८ लाख मात्रा खोप फलफूल तथा तरकारी व्यापारीले पनि लगाउन पाउने छन् । त्यस्तै चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सिमानामा व्यापार गर्ने व्यापारी, प्राध्यापक, शिक्षक, जोखियुक्त कर्मचारी आदिले खोप लगाउन पाउने छन् ।

यसअघि नेपालमा पहिलो चरणको खोप अभियान अन्तर्गत अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप लगाइएको थियो । भारतमा उत्पादित सो खोप भारतले १० लाख मात्रा अनुदानमा दिएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट