शुक्रबार, बैशाख १० २०७८

माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरियो, दुई मन्त्रीले दिए राजीनामा


  • नेपालदीप
  • बुधबार, चैत्र २५ २०७७
1.3K
SHARES

पोखरा। गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।

हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका छन् । गण्डकी सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री रहेका थिए ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । २०७४ फागुन ४ देखि थापा र चुमा मन्त्री रहँदै आएका थिए ।

गण्डकी प्रदेशमा ६० सदस्य प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी २ सदस्य छन् ।

माओवादी र एमाले एकीकरण भएपछि मुख्यमन्त्री एमालेलाई र माओवादीलाई सभामुख, एमालेलाई उपसभामुख बाँडिएको थियो । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने फिर्ता लिइएको छैन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट