बिहिबार, बैशाख ९ २०७८

आज नेप्से घट्यो


  • नेपालदीप
  • बुधबार, चैत्र २५ २०७७
855
SHARES

काठमाडौँ। शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य घटेको छ । बैंक, होटल, फाइनान्स, माइक्रो फाइनान्स र म्युचल फण्डबाहेक अरू समूहको शेयर घटेपछि नेप्से दुई दशमलव ८५ अङ्कले घटेर २६ सय ७१ दशमलव ६१ विन्दुमा झरेको छ ।

बुधवार व्यापार समूहको शेयर एक सय ६३ अङ्कले, जलविद्युतको ३३, जीवन बीमा समूहको एक सय ६ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय एक, उत्पादनको ८० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

बुधवार दुई सय १५ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर सात अर्ब १४ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको २७ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

रैराङ हाइड्रो कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरी हिल्ससहित चार कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट