
(‘हाइकू’ जापानी भाषाको ॐ तिब्र, र प्रत्यक्ष शैलिको छोटो कवितात्मक अभिव्यक्ति हो- ३ पद र १७ अक्षर , (पाउ वा हरफ) को प्रयोग गरी लेखिन्छ। परम्परागत रूपमा, हाइकुले प्राकृतिक छवीलाई टिप्दछ र सरल तर प्रत्यक्ष र तीब्र अभिव्यक्ति शैलिले जीवनका टिप्पणीका रुपमा ती भावलाई अभिव्यक्त गर्दछ। ‘हाइगा’ चित्रकलाको शैली हो जसले हाइकुको तत्व समावेश गर्दछ। हाइगा हाइकु कविहरुको चित्रकलात्मक अभिव्यक्ति हो।)
१.
कोइली करायो
किताबको झोलामा
किम्बु भरियो
२.
बन डढेलो
गोठालो रित्तै फर्के
गाउँमा राप
३.
बत्ती डेराको
कोइरालो फुलेछ
झरिसकेछ
– कवि गोधूलि दिनेश
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।