बिहिबार, बैशाख ९ २०७८

भारतमा एकैदिनमा थपिए १ लाख २६ हजार कोरोना संक्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो


  • नेपालदीप
  • बिहिबार, चैत्र २६ २०७७
893
SHARES

काठमाडौं। भारतमा एकैदिनमा थप ‍१ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (बुधबार) चैत्र २५ मा भारतमा दोस्रो धेरै १ लाख १५ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ । हालसम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।

गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शय्या थप गरिएको बताउनु भएको छ । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ ।

परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट