आइतबार, बैशाख २६ २०७८

लण्डनस्थित म्यानमार दूतावासका मिलिटरी अट्याचेले राजदूतलाई ‘लक आउट’ गरे


  • नेपालदीप
  • बिहिबार, चैत्र २६ २०७७
1K
SHARES

लन्डन (रोयटर्स) – बेलायतस्थित म्यानमारका राजदूतलाई उनैका सैनिक सहचारीले (अप्रिल))  दूतावासबाट बाहिर राखेर प्रवेश दिएका छैनन। यो कुरा राजदूतले बताएका छन, उनका सहायकले उनलाई भवन बाहिर बन्द गरेर भित्र प्रवेश रोकेको यो घटनालाई दूतावास भित्रको सैनिक कू बताइएको छ।

राजदूत कव्वा ज्वर मिन्नेले हालैका हप्ताहरूमा सत्तारूढ सैन्य शासकहरुसंग सम्बन्ध तोडेका थिए र नागरिक नेता आङ सान सु कीको रिहाइको आह्वान गरेका छन्।

बाहिर रहेका राजदूतले मध्य लन्डनमा दूतावास बाहिर रोयटर्सलाई भने, “मलाई लक आउट गरिएको छ।”

“यो लण्डन शहरको बीचमा भएको कुरो हो, तपाईले देख्न सक्नुहुन्छ कि उनीहरूले मेरो भवन कब्जा गरेका छन्,” उनले भने, उनले बेलायती विदेश मन्त्रालय र विदेशमन्त्री डोमिनिक रवसंग कुरा गर्ने बताए।

यस मुद्दाको जानकारी भएका  कूटनीतिक स्रोतहरूले भनेका छन् नायब राजदूत चिट विनले राजदूत बिरुद्ध कू गर्दै सेनातर्फ वफादारिता साबित गर्न सबै कामकाजको जिम्मा लिएका छन् र उ राजदूतलाई भवनबाट बाहिर राखेका छन्।

किव ज्वर मिन्न दूतावासको बाहिर छेउमा उभिएका थिए  जहाँ पुलिस अधिकारीहरू पहरेदार थिए।

उनले बाहिर सडकमा प्रदर्शनकारीहरु संग पनि कुरा गरे।

“हामी लन्डनको मेफेयरमा म्यानमार दूतावास बाहिर बिरोध प्रदर्शनका बारे सचेत छौँ र यहाँ कोही पक्राउ गरिएको छैन ” लण्डन पुलिसले एक विज्ञप्तिमा बतायो।

गत महिना, श्री किव ज्वर मिन्नेले बेलायती विदेश मंत्री डोमिनिक रवको “साहस” को प्रशंसा गरेका थिए किनभने उनले  सुश्री सु कि र राष्ट्रपति विन मिन्टलाई रिहा गर्नका लागि आग्रह गरेका थिए।

“यो मेरो भवन हो, म भित्र जान आवश्यक छ। यसैले म यहाँ पर्खिरहेको छु, “श्री क्वार ज्वर मिन्नेले रोयटर्सलाई बताए।

दूतावासमा भएको तनाबलाई छिट्टै र शान्तिपूर्वक समाधान गर्ने उद्देश्यका साथ ब्रिटिश अधिकारीहरूले दुबै पक्ष र पुलिसका प्रतिनिधिहरूसँग कुरा गरिरहेका छन्।

ब्रिटिश विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा भने, “हामी लन्डनमा म्यानमारको दूतावासमा भएको घटना पछि थप जानकारी खोज्दैछौँ।”

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार