आइतबार, बैशाख २६ २०७८

आइपिएल (इण्डियन प्रिमियर लिग सिजन) २०२१ चर्चा


  • नेपालदीप
  • मंगलबार, चैत्र ३१ २०७७
1.3K
SHARES

व्यवसायिक  क्रिकेट जगतमा सर्वाधिक मन पराइने र हेरिने टि२० (२० ओवरको क्रिकेट खेल)  इण्डियन प्रिमियर लिग (आइपिएल)-२०२१, अस्ति ९ अप्रिल , २०२१  शुक्रबारबाट शुरु भयो।

कोविड१९ का कारण गत बर्ष आइपिएल दुबाईमा खेलिएकोमा यस बर्ष भने खेलहरु भारत भित्रै बिभिन्न शहरका दर्शक बिहीन स्टेडियमहरुमा गरिँदै छन्।
यो स्ंस्करणको पहिलो खेल, सबिकको विजेता रोहित शर्माको मुम्बाई इण्डियन्स र विराट कोहलीको रोयल च्यालेञ्जर्स बेंगलोरका बीच भएकोमा , बेंगलोरले २ विकेटले विजय हात पा-यो। स्कोर: मुम्बाई इण्डियन्स् – १५९९  र रोयल च्यालेञ्जर्स बेंगलोर-१६०८  । यो खेल चेन्नाईमा खेलिएको थियो।

यसै गरी टुर्नामेण्टको दोस्रो खेल नावी मुम्बाईमा अप्रिल १० तारिख शनिबारका दिन  चेन्नाई सुपर किङ्स र देल्ली क्यापिटल्स बीच खेलिको थियो। पहिलो ब्याटिङ गरेको चेन्नाईेले निर्धारित २० ओवरमा ७ विकेट गुमाएर १८८ रन बनाएकोमा दिल्ली क्यापिटल्सका ओपनर जोडी शिखर धवन र पृथ्वी श्वको जोडीले शानदार ब्याटिङ गरेपछि मात्र ३ विकेटको क्षतिमा १८.४ ओवरमै १९० रन बनाउँदै ७ विकेटले दिल्लीले जीत निकाल्यो।

मुम्बाईमा नै तेस्रो खेल कलकत्ता नाइट रेइडर्स र सनराइजर्स हैदरावाद बीच गत आइतबार सम्पन्न भयो। यो खेलमा कलकत्ताले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८७ रनको बनाएकोमा, सो स्कोर पछयाउँदै हैदरवादले ५ विकट गुमाएर निर्धारित २० ओवरमा मात्र १७७ रन बनाउन सक्यो र १० रनले पराजित भयो।

हिजो सोमबार साँझ मुम्बाईमा खेलिएको पञ्जाब किङ्स इलेवन र राजस्थान रोयल्स बीचको खेल अहिलेसम्मको सबैभन्दा ठूलो स्कोरको र रोमाञ्चक रह्यो। पहिलो ब्याटिङ गरेको पञ्जाबका पहिलो ३ ब्याट्समेन केएल राहुल, क्रिस गेल र दीपक हुडा चम्किँदा २० ओवरमा पञ्जाबले २२१ रन बनाएर २२२ रनको विजयी लक्ष्य दिन सकेको थियो। तर राजस्थान रोयल्सका कप्तान समेत रहेका भारतीय ब्याट्स्मेन सञ्जु स्याम्सनले शानदार शतकीय पारी खेल्दै झण्डै आफ्नो टिमलाई विजयी लक्ष्यमा पुराए, तर चुके। राजस्थानले २१७ रन मात्र बनाउन सक्यो र ४ रनले पराजित भयो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार