आइतबार, बैशाख २६ २०७८

नेपाल ३५ हजार वर्षदेखि अस्तित्वमा, नेपालको झण्डा २५ सय वर्ष पुरानो: सौरभ


  • नेपालदीप
  • आइतबार, बैशाख ५ २०७८
7.6K
SHARES

काठमाडौँ। लेखक तथा चिन्तक सौरभले नेपाल भन्ने नाम ३५ हजार वर्षदेखि अस्तित्वमा रहेको बताएका छन्। सौरभले नेपालको राष्ट्रिय झन्डा पनि कम्तिमा २५०० वर्ष देखि रहेको बताएका छन्।

आफ्नो असहमति शृंखलाको तेश्रो पुस्तक ‘असहमति-३’ को लोकार्पण भिडियोमा सौरभले भनेका छन्, ‘नेपाल भन्ने जुन नाम छ त्यो ३५ हजार वर्ष देखि छ। र, नेपालको झन्डा कम्तिमा २५०० वर्ष देखि छ। हाम्रो बाट हाम्रा संस्कृति जन्य कुराहरु विश्वका अरु देशहरुले लागेका छन्।’

सौरभले अहिले नेपालमा भइरहेका कुरासँग आंफ्नो गम्भीर असहमति भएको पनि बताए। उनले थपे, ‘अहिले भने नेपालमा केही थिएन र छैन्, सबै बाहिरबाट आएका हुन् भन्ने ‘लिबरल’ राजनीति हाबी हुँदै गइरहेको छ। त्यस्तो मत लगभग सबै पार्टीमा देखा परेको छ। रुप फरक भए पनि तिनको सार एउटै हो। नेपालको अन्तराष्ट्रिय पहिचान धवस्त गर्न उनीहरु क्रियाशील छन्।’

सौरभले अमेरिकी सहयोग एमसीसीले नेपाललाई कालान्तरमा सिध्याउने बताए।

उनले भनेका छन्, ‘बीआरआई, बीमेस्टेक, एमसीसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्न चिह्न खडा गर्छ। हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण कोरियाजस्तो हुन सक्छौँ। यी कुरालाई आधारभूतरूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन्। त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु।’

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको असहमति-३ ले पाठकको मन जित्नेसमेत उनले विश्वास लिएको बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार