बिहिबार, साउन १४ २०७८

ओली राष्ट्रवादी होइनन् अवसरवादी हुन्, अहिले भारतको टाङमुनि छिरे: शेरबहादुर देउवा


  • नेपालदीप
  • सोमबार, बैशाख ६ २०७८
8.4K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट संचालित भएको गम्भीर आरोप लगाएका छन्। चुनावको बेला राष्ट्रियताको कुरा गरेका ओलीको राष्ट्रियता अहिले भारतसँग लम्पसार भएको बताएका हुन्।

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो। भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’

देउवाले ओलीको सरकार ढाल्न आँफू दत्तचित्त भएर लागि रहेको बताएका छन्। देउवाले अवस्था परिपक्व हुनासाथ ओली सरकार ढाल्ने दाउमा आँफू रहेको बताएका हुन्।

देउवाले भने, ‘यो सरकार ढाल्ने नै हो। तर अझै सम्भावना सुनिश्चित भएको छैन। स्योरसट हुनासाथ सरकार ढाल्छौं। स्योरसट त हुनुपर्‍यो नि।’

माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भर नभएकोले आँफूले ओली सरकार ढाल्न अग्रसर नभएको बताए। राजनीतिमा जे पनि हुन सक्ने भन्दै उनले परिस्थिति परिपक्व नहुने बेलासम्म सरकार ढाल्न अग्रसर हुँदा घाटा हुने उनले बताए।

‘अहिले माओवादीले समर्थन गरिरा’छ। मधेशवादी दलको पनि भर छैन। राजनीतिक सम्भावनाको खेल हो। सरकार ढल्ने सम्भावना छ तर अझै स्योरसट भाछैन,’ देउवाले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट