आइतबार, बैशाख २६ २०७८

महाधिवेशन गराउने प्रण गरेमात्र नेविसंघ विस्तार हुन्छः महामन्त्री कोइराला


  • नेपालदीप
  • सोमबार, बैशाख ६ २०७८
2K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल विद्यार्थी संघका नेताहरुले महाधिवेशन गराउने प्रण गरेमात्र केन्द्रिय समिति विस्तार हुने बताएका छन्। नेविसंघको ५२ औं स्थापना दिवसमा आज काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले नेविसंघको महाधिवेशन नहुनु दुर्भाग्यको विषय भएको बताएका हुन्।

‘नेविसंघको केन्द्रिय समिति विस्तार त हुन्छ। तर पहिला नेविसंघका साथीहरुले के प्रण गर्नु पर्यो भने महाधिवेशन जसरि पनि गराउछौं। त्यो प्रण गरेमात्र नेविसंघको केन्द्रिय समिति विस्तार हुन्छ।’

कोइरालाले सभापति शेरबहादुर देउवाले ओली सरकारलाई अपदस्त गर्ने संकल्प गर्नु पर्ने पनि बताए। एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहयोग गरेमा नयाँ सरकार बन्ने उनको भनाइ थियो।

‘अहिलेको सरकारलाई हामीले अपदस्त गर्नैपर्छ। हुन त जसपा ओलीसँग नजिक भएका छन्। तर कर्णालीमा माधव नेपाल र झलनाथ खनाल पक्षले फ्लोर क्रस गरेका छन्। केन्द्रमा पनि उनीहरूले फ्लोर क्रस गरे भने हाम्रो नेतृत्वमा सरकार बन्न सक्ने छ,’ महामन्त्री कोइरालाले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार