आइतबार, बैशाख २६ २०७८

अख्तियारको ‘स्टिङ अप्रेसन’ अवैध थियो :चन्द्रकान्त ज्ञवाली, वरिष्ठ अधिवक्ता


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
855
SHARES

काठमाडौ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाललीले अख्तियारको काम अवैध भएको बताएकाछन । अख्तियारको नियमावली संविधान र भ्रष्टाचार निवारण ऐनसँग बाझिएको थियो । ऐनमा पनि नबोलिएको कुरा नियमावलीको नियम ३० मा राखिएको थियो । अख्तियारले पैसामा छाप लगाएर जबर्जस्ती अर्काको खल्तीमा राखिदियो भने त्यो भ्रष्टाचारी हुन्छ रु भ्रष्टाचारी हुन मनसाय चाहिन्छ, प्लानिङ चाहिन्छ । कानुनले व्यवस्था गरेको कुरामा पनि अल्झाएर पैसा चाहेको घुस मागेको देखिनुपर्‍यो, सरकारी सम्पत्ति वा सरकारको नोक्सानी हुनुपर्‍यो ।

तर, त्यस्तो नभएको अवस्थामा समेत घेराबन्दीमा पारेर पैसा दिएर भ्रष्टाचारी बनाउनु त भएन नि १ भारतसहित अन्य देशमा पनि यस्तो व्यवस्था छैन । अख्तियारले भ्रष्टाचार नियन्त्रण पो गर्ने हो । परिभाषित गर्न ऐन छ, प्रमाण संकलनका लागि ऐन छ । तर, ऐनमै नभएको कुरा नियमावलीमा थियो । प्रमाण सिर्जना गर्न पाइन्न । विधायिकीले कल्पना नगरेको कुरा कार्यपालिकाले गर्न सक्दैन । भ्रष्टाचार फोर्सफुल्ली हुँदैन ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार