आइतबार, बैशाख २६ २०७८

गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं : केपी शर्मा ओली


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
665
SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासित बनाउने र अनुशासनहीनतासँग सम्झौता नगर्ने बताएका छन् । मदननगर बल्खुमा विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’

नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको तर त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिएका हुन ।

ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार