आइतबार, बैशाख २६ २०७८

लेनिन जयन्तीमा प्रचण्डको आह्वान: प्रतिगमन विरोधी शक्तिहरू एक हौँ


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
589
SHARES

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक विकास र समृद्धिका लागि प्रतिगमन विरोधी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।

लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा बिहीबार वक्तव्य जारी गर्दै प्रचण्डले राष्ट्रवादी र अग्रगामी शक्तिहरूको एकताले नै प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताएका हुन्।

विज्ञप्ती जारी गर्दै प्रचण्डले भने, ‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरूको एकताबद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरूको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ। देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो।’

कम्युनिस्ट पार्टीभित्र चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरिएको दाहालको भनाइ छ।

‘ती विकृति गैरकम्युनिस्ट पश्चगामी प्रवृत्तिका रूपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन्। यसको पछिल्लो कडीका रूपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको छ,’ विज्ञप्तिमा छ।

लेनिनको जन्मदिन पारेर स्थापित नेपाल कम्युनिस्ट पार्टी आन्तरिक जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै राष्ट्रलाई समाजवादको लक्ष्यमा लामबद्ध गराउन सक्षम भएको दाहालको भनाइ छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार