आइतबार, बैशाख २६ २०७८

त्रिकोणात्मक टि-२० सिरिज: मलेसियाद्वारा नेपाललाई पहिले ब्याटिङ गर्न निम्तो


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
722
SHARES

काठमाडौँ। नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय श‌ृंखलामा मलेसिया विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ। लिगको अन्तिम खेलमा बिहीबार त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्न निम्तो दिएको हो।

यस खेलअघि नै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगिसकेका छन्। नेपालले तीन खेलमा २ मा जित र १ मा हार ब्योहोरेको थियो। नेदरल्याण्ड्सले दुई जित, १ हार र १ बराबरीका साथ राउन्ड रोबिन लिगको यात्रा टुंग्याएको थियो।

नेपालले मलेसियासँगको खेलमा अविनाश बोहोरा र शाहब आलमको स्थानमा सुशन भारी र कमलसिंह ऐरीलाई खेलाएको छ। तीव्र बलर कमलको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु खेल हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार