आइतबार, बैशाख २६ २०७८

आज पनि ओली-नेपाल भेट हुने, ‘बार्गेनिङ’ हुन सक्ने


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
741
SHARES

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ६ महिने निलम्बनमा रहेका नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ। बुधबार लामो समयको तिक्त र मौन वातावरण तोड्दै भेटेका दुई नेताले आज पनि भेट्ने तयारी गरेका हुन्।

बुधबार साँझ मेरियट होटेलमा दुई नेता बीच २ घण्टा एकल भेटघाट भएको थियो।

सो बैठकमा दुवै नेताबीच बिहीबार फेरि भेटवार्ता गर्ने समझदारी भएअनुसार आज पनि भेट हुन लागेको हो।

त्यही सन्दर्भमा ओलीसँग भएको कुराकानीबारे नेपालले आँफू पक्षीय नेताहरुलाई बिहिबार बिहान ब्रिफिङ गरेका छन्। ओलीसँग आज भेट गर्दा राख्ने अडानबारे पनि नेता नेपालले छलफल गरेका थिए।

हिजोको छलफलमा दुवै नेताले आआफ्नो धारणा मात्रै राखेको बुझिएको छ। र, बार्गेनिङको सम्भावाना भएको नेपाल निकट एक सहयोगीले बताए।

भेट दिउँसोको २ देखि ३ बजेको आसपासमा गर्ने मोटामोटी सहमति भएपनि, भेट कहाँ हुनेछ भन्ने कुरा भने अझै टुंगो लागि सकेको छैन।

बुधबारको भेटपछि दुवै नेताले सो दुई घण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट भने पारेका छैनन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार