आइतबार, बैशाख २६ २०७८

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता सुरु


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
836
SHARES

काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ। हिजो (बिहीबार) साँझ पनि उनीहरूबीच नक्सालस्थित होटल मेरियटमा एक्लाएक्लै भेटवार्ता भएको थियो।

हिजोको भेटमा नेता नेपालले २०७५ जेठ २ मा फर्किएर पार्टी गतिविधि अगाडि बढाउनुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गरे। हिजोको बैठकबाट कुनै निष्कर्ष निस्कन नसकेकाले आज फेरि भेटवार्ता हुन लागेको बताइएको छ ।

केहीबेरअघि मात्र नेता नेपालले आफूनिकट सांसदहरूसँग छलफल गरेका थिए। सोही छलफलका क्रममा नेता नेपालले आज ओलीसँग भेट्न लागेको जानकारी दिएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार