आइतबार, बैशाख २६ २०७८

करणले विस्फोटक ब्याटिङ गरेपछि नेपालले मलेसियालाई दियो २१८ रनको टार्गेट


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
1.3K
SHARES

काठमाडौँ। त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ। करण केसीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिवि मैदानमा जारी प्रतियोगितामा नेपालले २१७ रनको विशाल योगफल बनाएको हो।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो। नेपालले यसअघि यही शृङ्खलामा २ सय ६ रन बनाएको थियो। नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो।

यसअघि फर्ममा रहेका कुशल भुर्तेललाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालका लागि आसिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रन बनाए। उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए।

मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार