आइतबार, बैशाख २६ २०७८

बढ्यो कोरोना ग्राफ : बिहीबार थपिए २४ सय बढी कोरोना संक्रमित, ५ को मृत्यु


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
608
SHARES

काठमाडौं। पछिल्लो समय नेपालमा दिनप्रतिदिन कोरोना ग्राफ बढिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मात्रै
२३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घन्टामा १० हजार १ नमूनाको पीसीआर र ४४७ जनाको एन्टिजेन प्रविधिबाट जाँच गराउँदा यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १२ हजार ६९० जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा थप २५२ जना कोरोनामुक्त भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ। ८१ जना आइसीयूमा उपचारत छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार