आइतबार, बैशाख २६ २०७८

पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न अनिश्चितकालका लागि राेक


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
950
SHARES

काठमाडौं। पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजापाठ गर्न अनिश्चितकालका लागि रोक लगाइएको छ।

कोरोना भाइरसको महामारीका कारण शुक्रबारदेखि लागू हुने गरि अर्को निर्णय नहुँदासम्मका लागि पूजापाठ रोक लगाइएको हो। यो अवधिमा भक्तजनले पूजा गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बढ्दै गएको कोरोना संक्रमण रोकथामका लागि भक्तजनहरूलाई मन्दिर दर्शन गर्न रोक लगाइएको कोषका कोषाध्यक्ष मिलनकुमार लामाले जनाएका छन्। भक्तजनहरूलाई पशुपतिनाथको दर्शनमा रोक लगाए पनि दैनिक गरिने पूजा भने नरोकिने कोषले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार