आइतबार, बैशाख २६ २०७८

त्रिकोणात्मक टि-२० सिरिज फाइनल: नेपाललाई पहिले ब्याटिङ गर्न नेदरल्याण्डसको निम्तो


  • नेपालदीप
  • शनिबार, बैशाख ११ २०७८
1K
SHARES

काठमाडौँ। जारी त्रिकोणात्मक टि-२० सिरिजको फाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। नेपाललाई नेदरल्याण्डसले टस जितेर ब्याटिङ गर्ने निम्तो दिएको हो।

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी २० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्न लागेका हुन्।

जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र १ हार ब्यहोर्दै ६ अंक जोडेर शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो भने नेदरल्याण्ड्सले ४ खेलमा २ जित र १ बराबरी खेल्दै ५ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। त्यस्तै तीन खेलमा पराजय र एक खेलमा बराबरी खेलेको मलेसिया प्रतियोगिताबाट बाहिरियो।

जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको यो तेस्रो भेट हो। सिरिजको पहिलो खेलमा नेपालले नेपालले ९ विकेटले जित निकालेको थियो भने दोस्रो भेटमा नेदरल्याण्डसले ३ विकेटले जित निकालेको थियो।

नेपाल र नेदरल्याण्ड्सबीचको पछिल्ला पाँच खेललाई हेर्न हो भने नेपाल अघि देखिन्छ। पछिल्लो खेलमा नेदरल्याण्ड्सले यही सिरिजमा नेपाललाई हराएको थियो भने त्रिदेशीय सिरिजकै पहिलो खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो। यसअघि २०१९ को अक्टोबरमा ओमन पेन्टाङ्गुलर सिरिजमा नेपालले ४ विकेटको जित निकालेको थियो। त्यस्तै २०१८ मा एमसीसी टुरमा खेल नतिजाबिहीन भएको थियो। त्यस्तै २०१५ मा नेदरल्याण्ड्समा सम्पन्न खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार