आइतबार, बैशाख २६ २०७८

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक आज


  • नेपालदीप
  • सोमबार, बैशाख १३ २०७८
760
SHARES

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूको बैठक बस्न लागेको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।

यी तीन वटै जिल्लामा हाल पाँच सयभन्दा बढी संक्रमित रहेका छन्। कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे छलफल गरी निर्णयमा पुग्ने बताईएको छ ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ। कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार