आइतबार, बैशाख २६ २०७८

काठमाडौंमा नयाँ आदेश, पार्टी प्यालेसमा विवाह गर्न सकिने


  • नेपालदीप
  • बुधबार, बैशाख १५ २०७८
1.3K
SHARES

काठमाडौं। निषेधाज्ञाका विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार थप आदेश जारी गरेका छन्।

यसअघि जारी आदेशमा परिमार्जन गर्न थप आदेश जारी भएको जनाएको छ। मंगलबार जारी नयाँ आदेशमा विवाह, ब्रतबन्धमा दुई वटा गाडी प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। गाडीमा ब्यानर लगाउनु पर्नेछ।

त्यस्तै, पार्टी प्यालेसमा विवाह गर्न सकिनेछ। त्यसका लागि भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।

नयाँ आदेशमा निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने जनाएको छ। यसअघि बिहानदेखि साँझ ५ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको थियो।

अब भने ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार