बुधबार, माघ ५ २०७८

पोहोर साल भन्दा खुकुलो देखियो काठमाडौँको निषेधाज्ञा [तस्बिरहरु]



  • नेपालदीप
  • बिहिबार, बैशाख १६ २०७८
10K
SHARES

काठमाडौँ। बिहिबार बिहान देखि सुरु भएको काठमाडौँ उपत्यकामा लगाइएको १५ दिन लामो निषेधाज्ञा केही खुकुलो देखिएको छ। सडकहरुमा कतै गाडीको जाम देखिएको छ। भने, कतै जनजीवन ठप्प प्राय छ। उपत्यकाको सडक सुनसान बनेका छन् भने पैदल यात्रुहरुको आवतजावत समेत कम भएको छ।

सडक क्षेत्रका पसलहरू खुलेका छैनन्। निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यक क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ।

निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधानहरुलाई प्रहरीले होल्ड गरेको छ। प्रहरीले चेकिङलाई तिब्रता दिएको छ। बिहान केही खुकुलो देखिएपनि दिन ढल्दै जाँदा निषेधाज्ञामा कडाइ गरिएको छ। चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन्।

नेपालदीपका फोटोग्राफर दीपकघर्ती मगरले निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँका तस्बिर खिच्ने प्रयास गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट