बुधबार, मंसिर २२ २०७८

रिलायन्स कम्पनीका उपाध्यक्ष शाह बने जैन मुनी: जसले व्यापार पछि सन्यास रोजे



  • नेपालदीप
  • बिहिबार, बैशाख १६ २०७८
9.3K
SHARES

एजेन्सी। रिलायन्स इन्ड्स्ट्रीजका उपाध्यक्ष प्रकाश शाह सन्यस्त जीवनमा प्रवेश गरेका छन्। एक हप्ता अघि महावीर जयन्तीको पावन अवसरमा मुम्बईमा शाहले आफ्नी पत्नी नैना शाहको साथमा जैन धर्मको अनुसार दीक्षा लिएका हुन्।

एक जैन मुनिसँग दीक्षा लिएका शाह एक वर्ष पहिले आफ्नो व्यापारिक जीवनबाट रिटायर्ड भएका थिए। एक दशकसम्म रिलायन्स कम्पनीमा उनले विभिन्न महत्वपूर्ण पद सम्हालेका थिए। उनले कम्पनी छोड्ने समयमा उनको वार्षिक तलब भारु ७५ करोड बराबर हुने गर्थ्यो।

जैन धर्मको दीक्षा लिइसकेपछि संसारी र मायावी सबै चिज छोड्नु पर्ने हुन्छ।  खाली खुट्टा हिंड्नु पर्छ, भिक्षामा पाएको चिजले गुजारा चलाउनु पर्छ। यसबारे भारतीय मिडियाले लेखेको छ, ‘अब शाहले सादा कपडा लगाउने छन्। र, भिक्षामा मिलेको भोजनबाट गुजारा चलाउने छन्।’

शाहले करीब ४० साल पहिला आईआईटी मुम्बईबाट केमिकल इञ्जिनियरिङबाट पोस्ट ग्रेजुएट गरेका थिए।

शाह आफ्नो रिटायरमेन्टको लगत्तै दीक्षा लिन चाहेका थिए। तर को​रोना संकटले गर्दा उनको योजना एक वर्ष पछि धकेलिएको थियो।

शाह भन्दा अघि  उनका एक छोराले पनि  सात साल अघि दीक्षा लिएका थिए। जो आईआईटी मुम्बईबाट इञ्जिनियरिङमा ग्रेजुएट थिए। उनका अर्का छोरा भने ​गृहस्थ जीवन बाँची रहेका छन्।

ती प्रधानन्यायधीश दामोदर, यी साधु ‘बाबा’ दामोदर !

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट