आइतबार, बैशाख २६ २०७८

आईपीएलमा दिल्लीले कोलकातालाई ७ विकेटले हरायो


  • नेपालदीप
  • शुक्रबार, बैशाख १७ २०७८
608
SHARES

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।

अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे ।

कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार