आइतबार, बैशाख २६ २०७८

गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण


  • नेपालदीप
  • शुक्रबार, बैशाख १७ २०७८
589
SHARES

काठमाडौं। लोक तथा दोहोरी गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण भएको छ।

काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका सपुतले आफूलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुक पेजमार्फत जानकारी गराएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्। उनी अहिले होम आइसोलेसनमा छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार