आइतबार, बैशाख २६ २०७८

भारतीय नम्बर प्लेटको गाडी भित्र भेटिएका मृत तीन बालकको सनाखत


  • नेपालदीप
  • आइतबार, बैशाख १९ २०७८
1K
SHARES

दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएकाे भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको सनाखत भएको छ।

मृतक बालक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ।

उनीहरू तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी मृत अवस्थामा भेटिएका थिए।

तीनैजना बालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको उजुरी परेको थियो। १८ गते बेलुकी स्थानीय बासिन्दाले गाडी भित्रबाट दुर्गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त भारतीय गाडी २०७६ चैत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार