बुधबार, साउन २० २०७८

पर्यटनमन्त्री ढकाल र उनकी पत्नीलाई कोरोना संक्रमण


  • नेपालदीप
  • आइतबार, बैशाख १९ २०७८
3.5K
SHARES

काठमाडौं। संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार पीसीआर परीक्षण गर्दा दुवै जनामा कोभिड पोजेटिभ देखिएको हो अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

ढकाल स्वयम्ले आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट