आइतबार, बैशाख २६ २०७८

आजदेखि आन्तरिक उडान बन्द, वैशाख २२ देखि अन्तर्राष्ट्रिय उडान नहुने


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
817
SHARES

काठमाडौं।  कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ ।

संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले अन्य सवारी आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ।

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सोमबार राति १२ बजेबाट उडान बन्द गर्ने निर्णय भएको हो ।

गुरुङका अनुसार सोमबार रातिदेखि आन्तरिक र बुधबार अर्थात् वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको हो । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने उनको भनाइ छ ।

नेपाालमा पछिल्ला दिनमा संक्रमित र मृत्युको संख्या तीब्र बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन अहिलेसम्मकै उच्च संक्रमण भएको दाबी गर्दै आएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार