आइतबार, बैशाख २६ २०७८

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
950
SHARES

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ज्वरो आएपछि उनले स्टार हस्पिटलमा स्वाब परीक्षण गराएका थिए। उनको सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

‘डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको र सबैलाई विनम्र आग्रह छ सजग बनौं,’ शर्माले भनेका छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार