आइतबार, बैशाख २६ २०७८

कोरोना बाट बाँकेमा ७ जनाको मृत्यु


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
722
SHARES

काठमाडौं। कोरोना भाइरसका संक्रमणका कारण बाँकेमा ६ जनाको मृत्यु भएको छ। उनीहरुको आइतबार राति र सोमबार बिहान मत्यु भएको हो। मृत्यु हुनेमध्ये ५ जना बाँकेका छन् भने एक जना बर्दियाका छन् ।

उनीहरु मध्ये भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा ४ र नेपालगञ्ज मेडिकल कलेज कोलहपुर उपचारका क्रममा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १ र ३ का ६६ र ५१ वर्षीय पुरुष छन्।

यस्ते, बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष, नेपालगञ्ज उपमहानगर–५का ४८ र ६० वर्षीय पुरुष छन् । यस्तै खजुरा गाउँपालिका २का ३२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ८ की एक महिलाको सोमबार बिहान कोराना संक्रमणका कारण मृत्यु भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार