आइतबार, बैशाख २६ २०७८

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
779
SHARES

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आज दिउँसो साढे तीन बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्।

समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अफ्नो ट्विटर ह्यान्डलमार्फत जानकारी दिएका छन्।

उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रधानमन्त्री ओलीले हिजो मात्र संसद्‍मा विश्वासको मत लिने निर्णय गरेका थिए। सोहीअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखका लागि प्रतिनिधिसभाको बैठक बोलाएकी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार