बुधबार, साउन २० २०७८

कोरोनाले निम्ताएको स्थिति: ती प्रिय-आदरणीयको शवलाई झम्टिएर रुन पनि नपाइने! [तस्बिरहरु]


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
4.2K
SHARES

काठमाडौँ। कोरोना कहरले सारा विश्व आक्रान्त भएको छ। कोरोनाको दोश्रो लहर नेपालमा पनि उग्र रुपले फैलिदै गएको छ।

देशभरका आइसीयु र भेन्टिलेटर भरिएका छन्। बिरामीले उपचार पाउने स्थिति बिस्तारै घट्दै गइरहेको छ।

दिर्घरोग भएका मात्र होइन अहिले उमेर भएकालाई पनि कोरोनाले छोडेको छैन। कोरोना पनि निर्दयी भएको छ, यसपाली। पहिलेको जस्तो खेलाची गर्ने स्थिति छैन।

कोरोना संक्रमणको कारण मृत्यु वरण गरेकाको मरण जति दुखदायी भएको छ। मृत्यु पछि पनि उति नै निर्मम भएको छ उनीहरुको भाग्य।

मृतकका आफन्तले ती प्रिय- आदरणीयको शबलाई अन्तिम पटक अङ्गालोमा बाधेर, झम्टिएर रुन पनि पाएका छैनन्। टाढै बाट हेर्नुपर्ने बाध्यता छ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शवगृहमा अन्तिम संस्कार अघिको दृश्य अति नै हृदयविदारक छ।

त्यही तस्बिर नेपालदीपका फोटो पत्रकार दिपक घर्ति मगरले क्यामराको लेन्समा कैद गर्ने प्रयास गरेका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट