आइतबार, बैशाख २६ २०७८

वैवाहिक जीवनको २७ वर्षपछि बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेद गर्ने


  • नेपालदीप
  • मंगलबार, बैशाख २१ २०७८
551
SHARES

काठमाडौं। विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका हुन्।​

विल र मेलिन्डाले आफुहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा बताएका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।”

बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार