सोमबार, असार ७ २०७८

 ‘नमान लाज यसरी…’ जसले गाए आज अचानक गुपचुप उनै प्रधान अस्ताए 


  • नेपालदीप
  • बिहिबार, बैशाख २३ २०७८
3.9K
SHARES

काठमाडौं। बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ। छातीमा समस्या देखिएपछि उहाँलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो।

नेपाली सुगम संगीतको क्षेत्रका जाज्वल्यमान तारा प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘नमान लाज यसरी’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै सदाबहार हिट गीत अहिलेको पुस्ताले पनि उति नै मनपराउने गरेको छ।

कोरोनाको महामारी छ, उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। यही असहज बेलामा उनि अस्ताए। कैयौंले पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन पनि पाउने छैनन्। नमान लाज यसरी जसले गाए आज उनै लजाए झैँ लुकेर गुपचुप बिदा भए। हार्दिक श्रद्धासुमन।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट