सोमबार, असार ७ २०७८

संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख नजाने


  • नेपालदीप
  • शुक्रबार, बैशाख २४ २०७८
4.3K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले आइतबारका
लागि बैठक बोलाएका हुन् । तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइए पनि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख भने नजाने जनाएका छन् ।

(आइतबार) बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख जानुहुन्न’, सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘यसअघि संवैधानिक परिषद् अध्यादेश जारी गरिएको विषय, सोही अध्यादेशका आधारमा गरिएका नियुक्ति र शपथप्रति उहाँले गम्भीर असहमति जनाउँदै आफैँ उपस्थित भएर सर्वोच्च अदालतमा मुद्दा हाल्नुभएको थियो, सो मुद्दा विचाराधीन नै छ।’

कांग्रेस सभापति देउवा समेत सो बैठकमा नजाने प्रकास सरण महतले जानकारी गराएका छन् । अघिल्ला दुईवटा बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुउपस्थिति भए थिए ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषद्को बैठक बस्न अध्यक्ष र कम्तीमा ४ सदस्य सहभागी हुनुपर्ने साबिकको व्यवस्था थियो ।

तर, सरकारको सिफारिसमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भए परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्थासहित राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी भएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो । अब परिषदमा अध्यक्षसहित ३ जना सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक संख्या पुगेको मानिने छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट