सोमबार, असार ७ २०७८

खोलामा भेटियो प्रहरी नायब निरीक्षकको शव 


  • नेपालदीप
  • शनिबार, बैशाख २५ २०७८
6.8K
SHARES

हेटौँडा।  हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा प्रहरीको शव फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट