सोमबार, असार ७ २०७८

पत्रकार दिनेश दाहालको कोरोनाबाट निधन


  • नेपालदीप
  • शनिबार, बैशाख २५ २०७८
1.3K
SHARES

काठमाडौँ। कोरोनाबाट सङ्क्रमित हुनुभएका नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । गएको १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

१५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए  । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए  ।

दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट