सोमबार, असार ७ २०७८

सेवापीठको स्पष्टोक्ती: भ्रम फैलाइयो, आश्रमलाई क्वारेन्टाइन बनाउन अवरोध गरेका छैनौं


  • नेपालदीप
  • शनिबार, बैशाख २५ २०७८
2.6K
SHARES

काठमाडौं। जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले आफूहरु अघिल्लो वर्ष झै यसपाली पनि कोरोना रोकथाममा सरकारलाई सघाउन तयार रहेको बताएको छ। एक स्थानीय पत्रिकाले आइसोलेसन सेन्टर बनाउन पीठका पिठाधीश्वर श्री १००८ कृष्णदासजी महाराजले अवरोध गरेको भन्ने किसिमको समाचार सम्प्रेषण गरेपछि जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले आपत्ती जनाउदै मानव सेवाकै लागि आश्रम खोलिएको स्पष्ट पारेको हो।

शनिबार सेवापीठका अध्यक्ष र महासचिवले संयुक्त विज्ञप्ति जारि गर्दै ‘आइसोलेसन निर्माणमा कृष्णदासको अवरोध, लाखौं मूल्य पर्ने सामग्री अखाडाद्वारा कब्जा’ हेडलाइन राखेर लेखिएको समाचारको खण्डन गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सुनसरी धरानबाट प्रकाशन हुने व्लाष्ट नामक पत्रिकाले यो पीठ र पीठका पीठाधिशलाई समाचारको केन्द्र बनाइ मिति २०७८ वैशाख २३ र २४ गतेको आफ्नो प्रकाशनमा प्रकाशित गरेको आधारहीन तथ्यहीन र विद्वेशपूर्ण कथित समाचार प्रति यस पीठको ध्यानाकर्षण हुनुपर्ने कुनै वस्तुगत कारण नभए तापनि यस किसिमको कलुषित सम्प्रेषणले त्यसका पाठकमा उत्पन्न हुन सक्ने भ्रम निवारण र पेशागत आचार संहिता विपरित सञ्चालित पत्रिका एवं ती पत्रिकाले भिराइदिएको पत्रकारको भिल्लाबाट हुने गरेको आर्थिक, बौद्धिक र मानसिक शोषणको विरुद्ध प्रस्तुत हुनैपर्ने नैतिक दायित्वका कारण यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’

उक्त स्थानीय पत्रिकाले आफ्नो समाचारमा एक पक्षीय समाचार लेखेको देखिन्छ। पत्रकारितामा दुवै पक्षको ‘बाइट’ लिएर मात्र लेखिने समाचारलाई आधिकारिक भनिने भएपनि नगरपालिकाको नाम नखुलाइएका पात्रबाट लगाइएको आरोपबारे उक्त समाचारमा पिठको तर्फबाट कसैलाई स्पष्टिकरणको मौका दिइएको छैन। जसले समाचारको निष्पक्षता र विश्वसनीयता माथि शंका उब्जिने ठाउँ दिएको छ।

त्यस्तै, विज्ञप्तिमा जनप्रतिनिधिहरुबाट पुन: होल्डीङ सेन्टर/ क्वारेन्टाइन राख्नको लागि गरिएको आग्रहमा पिठाधीश्वर जगद्गुरू महायोगी सिद्धबाबा सकारात्मक रहेको बताइएको छ। सिद्धबाबाले बिरामीहरुलाई आयुर्वेदिक माध्यमबाट पनि आफूले उपचार गरिदिने आश्वासन बराह नगरपालिकाका मेयर र उपमेयरलाई दिएका थिए।

‘केहि दिन अघि मात्र बराह नगरपालिकाका उपमेयर कमला मगर स्वयं आफ्ना सहयोगीहरू सहित यस पीठमा आउनुभइ पीठका पीठाधिश जगद्गुरू महायोगी सिद्धबाबा संग होल्डीड सेन्टर / क्वारेन्टाइन राख्नको लागि गर्नुभएको मौखिक अनुरोधलाई पीठाधीशले सकारात्मक रूपमा ग्रहण गर्नुभई आफ्ना तर्फबाट कोभिङ बिरामीको आयुर्वेदिक उपचार समेत गरिदिने सम्बन्धमा दिनुभएको आश्वासन पनि सबैको जानकारीका लागि उल्लेख गर्दछौं, विज्ञप्तिमा खुलाइएको छ।

अघिल्लो पल्ट होल्डिङ सेन्टर बनाउदा पीठ र सरकारी संयन्त्र बीच भएको सम्झौता कार्यन्वयन नभएको पनि विज्ञप्तिमा खुलाइएको छ। होल्डिङ सेन्टर बनाउदा लग्भव ५० लाख जति को क्षती भएपनि अझैसम्म भरपाइ नभएको पीठले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पीठ र सरकार बीच सम्पन्न लिखित समझदारी पत्र अनुरूप प्रयोजनका लागि सरकारका तर्फबाट पानी बनि सफाइको आधारभूत व्यवस्था र प्रयोगमा लिइएको सम्पत्तिको संरक्षणका साथै प्रयोग पश्चात साबिककै अवस्थामा पीठलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान विपरित न त ती आधारभूत व्यवस्था नै गरियो न त प्रयोगमा लिइएका स्थान र त्यहाँ जडीत सुविधा सभा गृहको संरक्षण नै गरियो। परिणामतः जगद्गुरू महायोगी सिद्धबाबाका शिष्यहरूको नितान्त व्यक्तिगत सामर्थ बाट मानव सेवा र कल्याणका लागि सृर्जित ती संरचना र त्यहाँ जडीत सुविधाहरुको प्राविधिकको मूल्याङ्कन अनुसार झण्डै रू. पचास लाखको नोक्सानी उत्पन्न हुन गएको छ।’

पीठले अघिल्लोपल्ट होल्डिङ सेन्टर बनाउन पूर्ण सुविधा युक्त एटेज बाथरूम सहितको ६० कोठे भवन र सुरक्षाकर्मिका सम्पूर्ण व्यवस्थापनका लागि पीठ परिसरमै रहेको छुट्टै सभा गृह (१२०४ ६० वर्ग फिट) र ५० वटा ट्वाइलेट वाथरूम उपलब्ध गराएको अध्यक्ष गणेश सुब्बा बिरहीले जनाए।

त्यस्तै, उक्त समाचारमा सिद्धबाबाका भक्तहरुले होल्डीङ सेन्टर/ क्वारेन्टाइनको लागि प्रयोग भएका भौतिक पूर्वाधारहरु कब्जा गरेको भनेर लगाइएको आरोपको पनि विज्ञप्तिमा खण्डन गरिएको छ। ती सामानहरु सरकारी प्रतिनिधिको रोहोबरमा नगरपालिकाले बुझिसकेको भन्दै नगरपालिकाले बुझि लगेको भरपाइ कागज विज्ञप्तिमा राखेको छ।

‘ती सबै सामानहरू सरकारी प्रतिनिधिको रहोवरमा मिती २०७८ वैसाख २२ गतेका दिन नगरपालिकाले बुझि लगेको भरपाइ यसै साथ प्रेसित गरिएको छ, जसमा उल्लेखीत व्यहोराले नगरपालिकाका तर्फबाट भए गरिएका विपरित व्यवहारका साथै ब्लाष्ट पत्रिकाको पेशागत मूल्य मान्यता एवं त्यो संग आवद्ध पत्रकारको नाङ्गो चरित्रको प्रमाण युक्त वोध पनि हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

May be an image of text

May be an image of text

\May be an image of text

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट