सोमबार, असार ७ २०७८

श्रीलंकामा पनि खुल्यो मासिक सय रुपैयाँमा पढाउने समता निकेतन स्कुल


  • नेपालदीप
  • शनिबार, बैशाख २५ २०७८
2.8K
SHARES

काठमाडौं। समता निकेतन स्कुल श्रीलंकामा पनि खुलेको छ।

श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले सोमबार स्कुलको उद्घाटन गरेको समता स्कुलका संस्थापक उत्तम सञ्जेलले जानकारी दिएका छन्। सबै सार्क मुलुकमा स्कुल सञ्चालन गर्ने उद्देश्यका साथ श्रीलंकामा पनि समता स्कुल खोलिएको उनले बताए। सन् २०२० भित्र सार्कभित्रका सबै देशमा समता स्कूल खोलिसक्ने लक्ष्य लिएको उनले बताए।

समता स्कुलले मासिक १ सय रुपैयाँ शुल्क लिएर विद्यार्थी पढाउने गर्छ। श्रीलंकामा पनि यही शुल्कमा पढाउने सञ्जेलले बताए।

भारतमा यसअघि नै स्कुल सञ्चालनमा आइसकेको र बंगलादेशमा एक महिनाभित्र स्कुल खोलिने सञ्जेलले बताए।

नेपालका ७५ जिल्लामा समता स्कूल खोलेर पठनपाठन भइरहेको छ। देशभर समता स्कुलमा ५५ हजार विद्यार्थी अध्ययनरत छन्। विभिन्न संघसंस्था र व्यक्तिसँग चन्दा संकलन गरेर मासिक १ सय रुपैयाँमा विद्यार्थी पढाउने गरेको समताले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट