सोमबार, असार ७ २०७८

वीर अस्पतालको नयाँ भवनमा कोरोना अस्पताल बनाउने सरकारको निर्णय


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.3K
SHARES

काठमाडौं। सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ।

शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड–१९ अस्पताल बनाउने निर्णय गरेको हो। सुरुआतमा पाँच सय शय्याको अस्पताल बनाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

यसमा पछि शय्या थप्दै लगिने भएको छ। यहि अस्पतालबाट देशभरका कोभिड अस्पताललाई निर्देशित गरिने मन्त्री ज्ञवालीले बताए।

उनका अनुसार यसका लािग कोभिड–१९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पारित गरिएको छ। सीसीएमसीको बैठकले पनि वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ अस्पताल बनाउन सिफारिश गरेको थियो।

केही सातायता कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेको छ। देशका सबै जिल्लामा संक्रमण देखिएको छ। यसैलाई ध्यानमा राखेर कोभिड–१९ केन्द्रीय अस्पताल बनाउन लागिएको जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट