सोमबार, असार ७ २०७८

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ४१ सयको मृत्यु


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.2K
SHARES

काठमाडौं। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

भारतमा एकैदिनमा चार लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो पटक ४ लाख ९ हजार ३०० संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा भारतमा ४१ सय संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या २ लाख ४२ हजार नाघेको छ।

हालसम्म भारतमा १ करोड ८३ लाख ११ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् भने अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ४२ हजार १५ छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट