सोमबार, असार ७ २०७८

संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी, बहुमत सदस्य उपस्थित


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.8K
SHARES

काठमाडौं। आजको लागि डाकिएको संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्ति बारे छलफल भइरहेको छ।

विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमा नै परिषद बैठक बस्न लागेको हो।

त्यस्तै, प्रमुख प्रतिपक्षी देउवा र प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई बैठकमा सहभागी नहुन आग्रह गरेका थिए।उनीहरुको आग्रहलाई लत्ताउदै राणा बैठकमा सहभागी भएका छन्।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट