सोमबार, असार ७ २०७८

महतो-ठाकुर बार्गेनिङमा, देउवालाई भेटेर भने- अफर जता राम्रो हुन्छ त्यतै सहयोग हुन्छ


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
2.5K
SHARES

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनु ठिक एक दिन अघि अर्थात् आज राजनीतिक माहोल तातेको छ।

सम्मिकरण कस्तो बन्ने हो अझै टुंगो लागेको छैन। शिर्ष दलका नेताहरु भेटघाट र गोप्य बैठकमा नै व्यस्त छन्। यसै सन्दर्भमा भोलि निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी भने बार्गेनिङमा लागेको छ।

यसअघि प्रधानमन्त्री ओलीसँग नजिकिएको भनिएको जसपाको महन्थ ठाकुर- राजेन्द्र महतो फ्याक्टर भने निर्णायक दिन भन्दा एक दिन अघि बार्गेनिङमा लागेको छ।

स्रोतका अनुसार देउवालाई भेटेर जसपाले अहिले नै कसलाई समर्थन गर्ने भनेर निर्णय नगरेको र जसको अफर राम्रो हुन्छ, त्यतै तिर आफूहरु लाग्ने नेताहरुले जानकारी गराएका थिए। जवाफमा देउवाले ओलीलाई निकाल्न सहयोग गरे आफूले सबै माग पुरा गरिदिने र सरकारमा पनि रोजा मन्त्रालय दिने बताएका थिए। त्यसपछि दुवै नेताले, ‘हेरौं! भोलिसम्म के हुन्छ,’ भन्दै बैठकबाट बाहिरिएका थिए।

बैठकमा कांग्रेस महामन्त्री एवं देउवाका विश्वास पात्र पूर्णबहादुर खड्का पनि सामेल थिए।

बिहानै प्रमुख प्रतिपक्ष कांग्रेस सभापति देउवालाई भेटेका जसपाका नेताहरु अहिले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार छिरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट