सोमबार, असार ७ २०७८

शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता, प्रस्ताव अघि बढ्नेबारे अन्यौल


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.6K
SHARES

बुटवल। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको हो।

अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ पुनले पुष्टी गरे। उनले संविधानले सरकार गठन भएको पहिलो दुई वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न नपाइने व्यवस्था गरेकोले अहिले आएको अविश्वासको प्रस्ताव अगाडी बढ्छ कि बढ्दैन भन्ने कानुनी जटिलता भएको बताए।

´अविश्वासको  प्रस्ताव दर्ता भएको छ, सभामुखले अगाडि बढाउन पनि सक्नुहुन्छ। संवैधानिक व्याख्याको आवश्यकता पनि पर्न सक्छ,´ प्रदेश सभा सचिव पुनले भने।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ।

यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएकाे थियाे। तर, मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका थिए। राजीनामापछि बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेका थिए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट