सोमबार, असार ७ २०७८

खरेलमा पागलपन छ, सिंघम फिल्म हेरेपछि अजय देवगनले झैँ किक हान्दै हिड्यो: गुरुङ


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
9.6K
SHARES

पोखरा। गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङले नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलमा पागलपन रहेको गम्भीर आरोप लगाएका छन्। एक अनलाइनसँग अन्तर्वार्ता दिँदै मन्त्री गुरुङले खरेल ‘साइकोप्याथ’ भएको दाबी गरेका हुन्।

मन्त्री गुरुङले भने, ‘रमेश खरेलले हाने पनि रिसाउनु हुँदैन। खरेल भनेको बिमारी मान्छे हो। नेपालमा यो बिमार कसैलाई पनि थाहा छैन। यो तुरुन्त देखेको क्यारेक्टरमा छिर्न सक्छ। वीरगंजमा चीफ हुँदाको रियल घटना, सिङ्घम भन्ने चलचित्र हेरेर आयो। फर्किने बेलामा बाटो तिर अजय देवगनले गरेजस्तै रिक्सावालालाई किक हान्दै हिडेको रहेछ। पागल! पागल नै होइन। सतप्रतिशत पागल भए उपचार गर्न सजिलो हुन्छ। बेलाबेलामा सनकिने के। साइकोप्याथी भन्छ नि।’

गुरुङले नेपाल सरकारले यही कारणले खरेललाई आइजीपी हुनबाट रोकेको पनि दाबी गरे। उनले खरेल आफ्नो दाइको दौतरी भएकोले आफूले उसको बारे धेरै थाहा भएको खुलाए।

केही दिन अघि खरेलले मन्त्री गुरुङलाई ‘फ्याउरे गुण्डा’को संज्ञा दिएका थिए। अघिल्लो आइतबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै खरेलले गुरुङ मन्त्री भएको भन्ने कुरामा टिप्पणी गर्दै यस्तो बताएका हुन्।

पूर्व डिआइजी खरेलले भनेका थिए, ‘दीपक मनाङे एउटा फ्याउरे गुण्डा हो। मन्त्री भयो। त्यसबाहेक तीन करोड नेपाली जनतालाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन्। हिजो पनि भए, अहिले पनि छन् र भोली पनि हुन्छन्। दीपक मनाङे जस्तो मान्छे एउटा फ्याउरे गुण्डा मन्त्री हुनु कुनै ठूलो कुरा होइन।’

गुरुङले कुनै फिल्मको कुनै राजनीतिक क्यारेक्टरबाट अत्यन्तै प्रभावित भएपछि अहिले खरेल नेता हुनको लागि भाषण गर्दै हिडेको बताए। ‘यो बिमारको सबै भन्दा नराम्रो पक्ष भनेको क्यारेक्टरमा घुस्ने हो। अहिले चुनाव लड्छु भन्दै हिँडेको छ। भाषण पनि गर्यो। उसले एउटा फिल्म हेर्यो। फिल्म हेरेपछि यो नेताको क्यारेक्टरमा घुसिसक्यो। आफूलाई नेता मानेर अहिले भाषण दिँदै हिडेको छ।

राजनीति गरेर नेता भएको खण्डमा त्यतिबेला पनि खरेलले बितण्डा मच्चाउन सक्ने भन्दै गुरुङले भने, ‘पैसा खर्च गरेर समानुपातिकबाट सांसद हुन सक्छ। त्यतिबेला फेरी त्यसले अर्को फिल्म हेर्छ। संसद भवन भित्र कसैले यसको कुरा मानेन भने सबैलाई गोली हानेर मार्न सक्छ। उसलाई ट्रिटमेन्टको जरुरत छ।’

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट