सोमबार, असार ७ २०७८

चट्याङले लागेर एक जनाको मृत्यु, श्रीमान-श्रीमती घाइते


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.4K
SHARES

विराटनगर।  मोरङको रंगेली नगरपालिका–१ मा आइतबार बिहान चट्याङले लागेर एकजनाको मृत्यु भएको छ । रंगेली–१ का ३० वर्षीय प्रवीन माझीको चट्याङले लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बारीमा काम गरिरहेका बेला बिहान ८:४५ बजेतिर हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर माझी गम्भीर घाइते भएका थिए । उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषित गरेको जानकारी एसपी श्रेष्ठले दिए ।

त्यस्तै मोरङकै जहदा गाउँपालिका–६ पोखरीयामा चट्याङले लागेर श्रीमान–श्रीमती घाइते भएका छन् । बिहान ९ बजेतिर परेको चट्याङले लागेर ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती जननारा खातुन घाइते भएका हुन् ।

घरमा बसिरहेका बेला चट्याङले लागेर दुवैजना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको एसपी श्रेष्ठले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट