सोमबार, असार ७ २०७८

लाेक सेवा आयाेगकाे अध्यक्षमा माधव रेग्मी सिफारिस


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.5K
SHARES

काठमाडौं। संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ। आइतबार बसेको परिषद् बैठकले पूर्वसचिव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षका लागि सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्ताव गरिएको थियो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

रेग्मी यसअघि लोकसेवा आयोगको पूर्वसचिव रहिसकेका छन्। उनले लोकसेवा आयोगमा आठ वर्ष बिताएका थिए ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट