सोमबार, असार ७ २०७८

थपिए ८८५० नयाँ कोरोना संक्रमित,५२ जनाको मृत्यु


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.1K
SHARES

काठमाडौँ। नेपालमा पछिल्लाे २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जनाको  ज्यान गएको हो ।

अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट